माओवादी केन्द्रको बैठक आज बस्दै, सरकारबारे निर्णय लिने सक्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका विषयमा निर्णय लिनका लागि बठैक बस्ने लागेको बताइएको छ । बैठकमा माओवादी केन्द्रका मुख्य नेता, स्थायी कमिटीका सदस्य लगायत सहभागी हुने छन् ।

बैठकमा आगामी सत्ता समीकरणका विषयमा समेत छलफल हुन सक्ने सम्भावना रहेको छ ।

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर माओवादी केन्द्र तथा नेकपा एमालेलाई पूर्ववत अवस्थामा रहने गरेर केही दिन अगाडि फैसला सुनाएपछि माओवादी केन्द्रको बैठक पहिलोपटक बस्न लागेको हो ।

माओवादी केन्द्रसंग अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै समर्थन गर्ने या प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी नेपालसंग मिलेर सरकार बनाउने भन्ने विकल्प छ ।

कमेन्टहरु
Loading...