काठमाडौं । नेकपा एमालेले देशभरका आफ्नो कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीसहित देशभरीको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हो । सर्वोच्च अदालतको फैसलाबाट उत्साहित भएका प्रधानमन्त्री ओली पक्षीय नेता तथा कार्यकर्ताले आज बिहान नै प्राय सबै जिल्लाहरुमा एमालेको बोर्ड राखेका छन् ।
देशभरी नै अधिकांश नेकपाको कार्यालयलाई नै माओवादी केन्द्रसंग पार्टी एकता भएपछि पार्टी कार्यालयका रुपमा स्थापित गरिएको थियो । सोही कार्यालयमा नै ओली पक्षीय नेता तथा कार्यकर्ताले नेकपा एमालेको बोर्ड राखेका छन् ।