काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
नेकपा नाम ऋषि कट्टेललाई दिने तथा एमाले र माओवादी केन्द्र ब्युँतिएको सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक आज अपरान्ह ४ बजेका लागि आह्वान गरेका हुन् ।
बैठकमा के–कस्ता विषयमा कुराकानी हुन्छ र कस्ता रणनीतिका बारेमा छलफल हुन्छ भन्ने विषयमा कुनै जानकारी नभएको बताइएको छ । तर सरकारले अब आगामी रणनीति कसरी तय गर्ने र अगाडि बसरी बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुन सक्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला आउनासाथ आफू पक्षीय संसदीय दलको बैठक बोलाएर आफ्नो प्रतिक्रिया दिंदै सरकारलाई माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत लिएर अगाडि बढ्ने पक्षमा आफू रहेको बताएका थिए ।