सूर्य थापाको स्टाटस : ‘ओलीलाई निष्काशनको गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै नेताहरुप्रति व्यंग्य गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउनेहरुलाई विर्सन नमिल्ने बताएका छन् ।

कमेन्टहरु
Loading...