दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् ।

प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् ।

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् ।

उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन् ।

निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरेकाले सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।

कमेन्टहरु
Loading...