एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने माधव समूहको निष्कर्ष

काठमाडौं । प्रचण्ड–माधव समूहमा रहेका एमालेका शीर्ष नेताहरुले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका छन् । सोमबार दिउँसो शंखमुलस्थित अर्याल होटलमा भएको छलफलमा नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकले एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध लड्ने र पुनः एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललायत नेताहरु सहभागी थिए । सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले र नेकपा माओवादी केन्द्र कायमै रहेको फैसला गरेपछि एमालेका नेताहरु रणनीतिमा जुटेका छन् ।

कमेन्टहरु
Loading...