सावर्जनिक कार्यक्रममा सहभागी हुन कपिलवस्तु पुगे विप्लव

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ कपिलवस्तु पुगेका छन् । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २१ गते तीनबुँदे सहमतिमा हस्ताक्षर भएपछि विप्लव सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न विप्लव कपिलवस्तु आएका हुन् । गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले जानकारी दिए ।

महिला सघंको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बस्तोला, केन्द्रीय सदस्य कृति र असलले सम्मेलन सम्बोधन गर्ने बताइएको छ । सोमबार उद्घाटन गरिएको सम्मेलनले नयाँ महिला संघको नेतृत्व चयन गर्ने नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु इन्चार्ज जुझारुले जानकारी दिए ।

कमेन्टहरु
Loading...