ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताएका छन् । सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई लगाउने कोरोनाविरुद्धको पहिलो खोप आफूबाट लगाउन सुरु भएपछि ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर भएको थाहा पाएको बताए ।

उनले भने, ‘पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।’ उनले ज्येष्ठ नागरिक भएर कोरोनाविरुद्धको खोप लगाउनु रमाइलो कुरा नभएको बताए। ‘हिजो मैले ज्येष्ठ नागरिकहरुले लगाउने खोपको सुरुवात गरेँ, मन अलि चिसो हुने कुरा हो,’ उनले भने, ‘ज्येष्ठ नागरिक भएर पहिलो खोप लगाउनु भनेको रमाइलो कुरा होइन, तर पनि मैले खोप लगाएर सुरु गरेँ ।’

कमेन्टहरु
Loading...