आगो लागी पिडितलाई रेडक्रसको राहत

पोखरा, ९ पौष/हिजो बेलुकी लेखनाथमा भएको आगो लागी पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटीले राहत सहयोग गरेको छ । हिजो बेलुका करीब ८ बजे लेखनाथ ५ कालिकचोकका लोक बहादुर रानाभाट घर र रामलाल राजबंशीको घरको किनारा पसलमा आगो लागी भै क्षति पुगेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री बामदेव ढुंगाना र शाखाका प्रकोप व्यवस्थापन समितिका संयोजक धर्मराज अधिकारीले उनिहरुलाई राहत सामाग्री वितरण गरेका हुन् । राहत सामाग्रीमा पाल, कम्वल, सारी, वाल्टीन लगाएत १६ मिटर कपडा, खाद्यन्न लगाएताका सामाग्री वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा राखीले तत्काल राहत संकलन कार्यगरिहरेको र हाल सम्म करिब ६० हजार नगद संकलन भएको मन्त्री ढुंगानाले जानकारी दिए । संकलन भएको रकम पीडित परिवारलाई नगद नै हस्तान्तरण गरिने छ ।

कमेन्टहरु
Loading...