केपी ओलीको चाहना पूरा भयो: प्रचण्ड पुत्री गंगा दाहाल

गन्थन डेस्क । सर्वोच्चबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले केपी ओलीको चाहना पूरा भएको बताएकी छन् ।

सर्वोच्चको फैसलालाई इंकित गर्दै दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् ।

कमेन्टहरु
Loading...