प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरुको बैठक आज सोमबार बस्दैछ । नेकपा पार्टीलाई नै सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड-माधव पक्षका नेताहरुको बैठक बस्न लागेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला बारे छलफल गर्न बैठक बिहान ११ बजे बोलाइएको छ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ। साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अदालतको छ।

कमेन्टहरु
Loading...