ओलीको सरकारको बहुमत रहेन, विद्या भट्टराईको सांसद पद धरापमा

पोखरा । सर्वोच्च अदालतले नेकपा क्रषि कट्टेलको पक्षमा फैसला गरेसँगै ओली सरकारले बहुमत गुमाएको छ । अहिले प्रतिनिधिसभामा साविक नेकपाबाट सभामुखसहित १ सय ७२ सांसद रहेका छन् ।

ओली सरकारलाई बहुमत प्राप्त गर्नका लागि प्रतिनिधिसभामा दुई सय ७० सांसदमध्ये कम्तीमा एक सय ३६ सांसद आवश्यक पर्छ । तर, सर्वोच्चको फैसलासँगै ओलीलाई तत्कालीन एमालेका एक सय २० सांसदको मात्र समर्थन कायम रहेको छ । अब ओलीका लागि बहुमत कायम गर्न कम्तीमा १६ सांसद आवश्यक पर्छ ।

सँगै ओली अल्पमतमा पर्नका लागि अब भंग भएको नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिनुपर्छ । उसले फिर्ता लिए ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र ओली सरकारले आफनो विश्वासको मत लिनुपर्नेछ । यता माओवादी केन्द्रसँग भने ५३ सांसद छन् ।

विद्या भट्टराईको सांसद पद धरापमा

सर्वोच्च अदालतको फैसलाले नेकपाको एकीकरण खारेज गर्दै पूर्व एमाले र पूर्व माओवादीलाई ब्युताँएका छ । राजनितिक जटिलता आएसँगै एकसमय कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी विद्या भट्टराईको सांसद पद समेत धरापमा परेको छ । दुई दलको एकतापछि नेकपाको नाममा निर्वाचन लडेकाहरुको पदको अस्तित्व संकटमा परेसँगै उनीहरुको कुन दलको सांसद हुने भन्ने अन्यौल छ।

कमेन्टहरु
Loading...