सर्वोच्चको फैसलाको सम्मान गर्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रतिक्रिया दिंदै उनले फैसलालाई सम्मान गर्ने बताएका हुन् । आज बसेको प्रतिनिधिसभाको बैठक सुरु नहुँदै प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिंदै फैसलाको पूर्ण पाठ आफूले हेर्न नभ्याए पनि सम्मानका साथ अगाडि बढ्ने बताएका हुन् ।

कमेन्टहरु
Loading...