सर्वोच्चले गलत समयमा फैसला दियोः देव गुरुङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले आज सर्वोच्चले गरेको फैसलालाई ‘बेठीक टाइम’ को न्याय भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेसंगै उनको यस्तो प्रतिक्रिया आएको हो । उक्त समुहका संसदीय दलको मुख्य सचेतक समेत रहेका नेता गुरुङले बेठीक समयमा सर्वोच्चले फैसला गरेको बताएका छन् ।

सर्वोच्चको फैसलाले पार्टीको आधिकारिकता समबन्धी निर्वाचन आयोगको डेढलकलाई मद्दत पुग्ने गुरुङको आशंका रहेको छ । सर्वोच्चको आजको फैसला पछि पूर्व माओवादी केन्द्र तथा पूर्व एमालेलाई ब्युंत्याएर पहिले कै स्थानमा गयो भन्नु गतल भएको पनि बताएका छन् ।

कमेन्टहरु
Loading...