अदालतको फैसलालाई सम्मान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्चको फैसलालाई आफूहरुले सम्मान गरे अगाडि बढ्ने बताएका छन् ।

नेकपा ओली समुहका महासचिव समेत रहेको पौडेलले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको फैसलाका विषयमा प्रतिक्रिया जनाउँदै उक्त निर्णयको आफूहरुले सम्मान गर्ने बताएका हुन् । आफूहरुको हार भए पनि कानुनी तथा संवैधानिक आधारमा फैसला आएकाले फैसलाको सम्मान गर्ने उनको भनाई छ ।

अब आफ्नो समुह अदालतको फैसला अनुसार नै अगाडि बढ्ने उनले स्पष्ट पारेका छन् । यो फैसलासंग कसरी अगाडि बढ्ने भन्ने विषयमा अब पार्टीमा छलफल हुने उनको स्पष्टोक्ति रहेको छ ।

कमेन्टहरु
Loading...