हाम्रो अपेक्षाभन्दा बाहिर सर्वोच्चको फैसला आयोः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले आज नेकपा नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएसंग प्रचण्डले आश नगरेको र अनपेक्षित फैसला आएका प्रतिक्रिया दिएका हुन् । प्रचण्डका अनुसार सर्वोच्चको फैसलाको पूर्ण पाठ उनले पढेका छैनन् । पूर्ण पाठ पढेपछि थप प्रतिक्रिया दिने उनले बताएका छन् ।

कमेन्टहरु
Loading...