ओली तथा प्रचण्ड–नेपालको नेकपा खारेज, नेकपा नाम कट्टेललाई दिने सर्वोच्चको फैसला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा नाम राख्ने प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड दुवैको सपना पुरा नहुने भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओली तथा प्रचण्ड–नेपाल नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज भएसंगै दुवै पक्षको उक्त सपना पुरा नहुने भएको हो ।

सर्वोच्च अदालतले अब उक्त नाम ऋषि कट्टेलले पाउने गरेर फैसला सुनाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायधीशहरु बमकुमार श्रेष्ठ तथा कुमार रेग्मीको इजलासले आज कट्टेलको पक्षमा फैसला गरेको हो । यससंगै अब प्रचण्ड–नेपाल तथा ओलीसंग रहेको नेकपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता खारेज भएको छ ।

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरणपछि उक्त पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नेकपा कायम गरिएको थियो । त्यसपछि कट्टलले निर्वाचन आयोगमा यस अगाडि नै सोही नामबाट पार्टी दर्ता रहेको भन्दै मुद्दा दायर गरेका थिए । कट्टेलले मुद्दा दायर गरेपश्चात् ओली तथा प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोस्टमा (नेकपा) नाम कायम गरेको थियो ।

कमेन्टहरु
Loading...