भेटघाटमा व्यस्त विप्लवले हालसम्म प्रचण्डलाई भेटेनन्, सुरक्षाका लागि १० जना प्रहरी खटाइयो

काठमाडौं । सरकारसंग भएको ३ बुंदे सहमति पश्चात् नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भए । नेपाल कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका उनी सहमतिपश्चात् २ वर्षसम्म भूमिगत बसेपछि सार्वजनिक भएका हुन् ।

२०७५ साल फागुन २८ मा विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले उनको पार्टीलाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका थिए । सरकारले प्रतिबन्ध लगाउनुभन्दा अगाडिको केही समयदेखि नै उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनी शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीसंगै सार्वजनिक भएका थिए ।

सरकारसंग भएको ३ बुंदे सहमति पछि सावृजनिक भएका विप्लव हाल विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तासहित जेलमा रहेका आफू सम्बद्ध दलका नेता, कार्यकर्ता तथा सहकर्मीलाई भेट्न व्यस्त छन् । हाल उनले आफ्नै दलका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । ओली हाल नख्खु जेलमा रहेका छन् ।

यस्तै विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरालाई पनि आज उनकै निवासमा पुगेर भेटेका छन् । यीबाहेक उनले सार्वजनिक भएको केही दिनको अवधिमा नै नेकपा क्रान्तिकारी (माओवादी) का अध्यक्ष मोहन वैद्य सहित, नेकपा अध्यक्ष ऋषि कट्टेल तथा नेता सिपी गजुरेलसंग पनि भेट गरिसकेका छन् । आफ्नो गृहनगरसमेत रहेको कपिलवस्तुमा उनी जाने कार्यक्रम तय भएको बताइएको छ । उनी भोलि उक्त जिल्लामा आफू निकट पार्टीको महिला संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको बताइएको छ ।

अन्य विभिन्न राजनीतिक दलका नेता, आफ्ना सहकर्मी तथा विभिन्न व्यक्तिहरुलाई भेट्ने कार्यक्रमलाई तीव्रता दिए पनि विप्लवले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हालसम्म भेटेका छैनन् ।

पूर्व माओवादी नेता समेत रहेका विप्लवले प्रचण्डलाई भट्छन् या भेट्दैनन् भन्ने खुलदुली प्राय सबैको मनमा रहेको छ । तर उनले के गर्छन् भन्ने विषयमा तय भइसकेको छैन । नेकपा प्रचण्ड–नेपालका अध्यक्ष प्रचण्डले हिजो एक कार्यक्रममा भनाई व्यक्त गर्दै विप्लवले आफूले रोजेको बाटो नै रोजेको र उनलाई स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका थिए ।

यता विप्लवलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सुरक्षा प्रदान गरेको छ । उनको सुरक्षाका लागि १० जना प्रहरी खटिएको परिसरले जानकारी दिएको छ । भर्खर वार्तामार्फत् सार्वजनिक भएको र विप्लवमाथि सुरक्षाको जोखिम हुन सक्ने भएकाले उनलाई प्रहरीको ठूलो मात्राले सुरक्षा प्रदान गरेको हो । विस्तारै वातावरण सहज हुँदै गएपछि उक्त संख्या घटाउँदै लैजाने परिसरले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...