नम्बर नखुलेको बसले ठक्कर दिंदा पोखरा १ जनाको ज्यान गयो, ठक्कर दिने सवारी फरार

पोखरा । पोखराको बुलौंदीमा आज बिहान एउटा बसले ठक्कर दिँदा १ जनाको ज्यान गएको छ । लेकसाइडबाट जिरोतर्फ जाँदै गरेको ग ५ प ८३६४ नम्बरको स्कुटरलाई नम्बर नखुलेको बसले ठक्कर दिंदा १ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा धनकुटाको सहीदभूमि गाउँपालिका वडा नम्बर १ घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका ४७ वर्षीय जितबहादुर राई रहेको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

ठक्कर दिएपश्चात् गम्भीर घाइते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हमालले बताएका छन् । ठक्कर दिने सवारीसाधनको खोजी कार्य जारी रहेको हमालले बताएका छन् ।

कमेन्टहरु
Loading...