संसद बैठकभन्दा अगाडि प्रचण्ड–नेपालद्वारा सभामुखसंग भेट, छलफलका विषयमा खुलाइएन

काठमाडौं । आज सभामुख अग्नि सापकोटासंग नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । सभामुख सापकोटालाई भेट्न अध्यक्षद्वय प्रचण्ड तथा नेपाल उनकै निवासमा पुगेका थिए ।

पुनःस्थापित भएको प्रतिनिधिसभाको बैठक अगाडि नै सभामुख सापकोटासंग प्रचण्ड–नेपालले उनकै निवासमा गएर बिहानै भेट्नु अर्थपूर्ण तरिकाले हेरिएको छ । तर भेटमा उनीहरुबीच के–कस्ता कुराकानी तथा छलफल भए भन्ने विषयमा खुलाइएको छैन ।

कमेन्टहरु
Loading...