प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पत्नी राधिका शाक्यसहित दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत उनले खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर खोप लगाएका छन् ।

उनले खोप लगाइसकेपछि कोरोना भाइरसविरुद्धको खोप लगाउने दोस्रो चरणको अभियान सुरु भएको छ ।

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले समेत कोरोना भाइरसविरुद्धको खोप आज लगाएका छन् ।

खोप लगाएपछि आफ्नो भनाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाई खोप लगाएर लड्न उनले सबैलाई आग्रह गरेका छन् । यो अभियान सफल बनाउने समेत उनको सबैलाई आग्रह रहेको छ ।

तस्बिरः प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट

कमेन्टहरु
Loading...