कोभ्याक्स अन्तरगतको कोरोनाविरुद्धको साढे ३ लाख डोज नेपाल आउँदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन कोभ्याक्स आज काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार झण्डै साढे ३ लाख डोज कोभ्याक्स आज काठमाडौं आइपुग्ने भएको हो । नेपालले यो खोप अनुदान स्वरुप प्राप्त गरेको हो । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउने प्रवक्ता डा.गौतमले बताएका छन् ।

कमेन्टहरु
Loading...