पोखरा लेडी जेसीजको आयोजनामा संसदीय सभा प्रणाली तालिम सम्पन्न

पोखरा लेडी जेसीजले आज फागुन २२ गते मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ ।

संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दिपक शाक्य रहनुभएको थियो ।

पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा (विनिता) ले बताईन् ।

शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा कर्पोरेट पार्टनरबाट सहकार्यको शुरुवात गरेको समेत बताएकी थिइन् ।

नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम ईन्स्टिच्यूट क्षेत्र ख का संयोजक उमेश गुरुको आतिथ्यता रहेको थियो ।

पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राखेकी थिईन् ।
लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले यस प्रकारको प्रशिक्षणले जेसीजका सदस्यहरुको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताए ।

त्यसैगरी सहभागीको तर्फबाट पोखरा जेसीजका कानून सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य राखेका थिए भने उक्त प्रशिक्षण नेपाल जेसीज तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना भएको थियो ।

कमेन्टहरु
Loading...