ओटेफद्वारा महिला बन्दीलाई आवश्यक सामाग्री हस्तान्तरण

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारी अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । मन्चले कारागार परिसरमा एक कार्यक्रम गरेर महिला बन्दी चौकिदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तपरमणमालाई राइसकुकर पंखा र सेनिटरी प्याड लगायतका सामग्री वितरण गरेको हो । निमित्त प्रमुखले पोख्रेलले २०२१ सालमा स्थापना भएको कारागार आजसम्म जुन रूपमा स्तरोन्नती हुनुपर्ने हो सो अनुसार हुन नसकेको बताए । अरु निकायमा जस्तो कारागारको पुर्वाधार विकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै उनले कारागारलाई सुधार गृहको रूपमा बिकास गर्नु पर्ने धारणा राखे । कारागारको ३ ब्लकमा ९ सय ६ जना कैदी बन्दी मध्ये ७२ जना महिला रहेको पोखरेलले जानकारी दिएका छन् ।

कारागारमा विभिन्न संघ सस्थाले बन्दीका लागि आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेर सहयोग गर्दै आएको उनको भनाई थियो । मञ्चका अध्यक्ष पार्वती पाण्डेले जीवनमा जान अन्जानमा विभिन्न कसुर गरेर कानुन अनुसारको सँजाय भोगिरहेको महिला बन्दी सीमित स्रोत र साधनमा रहेको कारागारमा कठिनाइसँग जुध्नु परेको यथार्थ महिला बन्दी राखेको औल्याउँदै उनीहरुकै माग अनुसार सामग्री हस्तान्तरण गरेको बताइन् । कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले सस्थाले महिलाको नेतृत्व तथा र नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व बहन गर्दै महिला बन्दीलाई सहयोग गरेको बताएकी छिन् ।

महिला बन्दी चौकिदकार बिन्दु कुँवरले महिला बन्दिको आवश्यकता र मागलाई बुझेर सहयोग गरेकोमा धन्यवाद दिइन् । उनले जीवनमा गल्ती गरेर पछुताउनुभन्दा गल्ती गर्नु अघि सोच्न सके पछुताउनु नपर्ने धारणा राखिन् । संस्थाका सल्लाहकार पम्फा पहारी, सचिव ममता न्यौपाने लगायतले संस्थाको उद्देश्य र महिला श्रमिक दिवसको महत्वमाथि भनाई राखेका थिए । कार्यक्रम संयोजक लक्ष्मी लामिछाने कार्यसमिति र सल्लाहकार सहभागिता करीब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको जानकारी जानकारी दिएकी छिन् ।

कमेन्टहरु
Loading...