नेपालमा थप ४७ जनालाई कोरोना

पोखरा । नेपालमा थप ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १४ जना महिला तथा ३३ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ । हाल नेपालमा ८ सय १७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ६२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाएका छैनन् । हाल नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।

कमेन्टहरु
Loading...