ओली समूहको संसदीय दलको बैठक आज

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुनेछन् ।

उनले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने बताए ।

बैठकमा आइतबारको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ ।

कमेन्टहरु
Loading...