आज देशभर यि स्थानमा हुदैछ विद्युत् कटौती

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज मर्मत सम्भारको काम गर्नु पर्ने भन्दै मुलुकभरका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ।

गण्डकी प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत कटौती हुँदैछ ।

लेखनाथ सबस्टेशनमा १३२ केभी विद्युतको बस बार एक्स्टेन्स गर्नु पर्ने भएकाले विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

चितवन भरतपुर महानगरपालिका चनौली अमृत चोक क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकाले त्यस क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

बराको निजगढ क्षेत्रमा रहेको चुपर सवस्टेशन मर्मत गरिने भएपछि बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत कटौती हुने भएको छ ।

काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत बाँसबारी फिडरको कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्नु पर्ने भएकाले त्यस क्षेत्रमा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

सुर्खेत वितरण केन्द्रको बजार फिडर अन्तर्गत कञ्चनपुरको शिवालय चोकको ट्रान्सफर्मर सिफ्टिङ गर्नु पर्ने भएकाले त्यस क्षेत्रका कपासे, इत्राम तथा शंखर चोकलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

कमेन्टहरु
Loading...