लागुऔषधसहित पर्वत कुश्माका २२ वर्षीय कुँवर पोखराबाट पक्राउ

पोखरा । पोखरामा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले सवारीसाधन चेकजाँचका क्रममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ बडागाउँ बस्ने २२ वर्षीय मनोज कुवँर रहेका छन् ।

उनको साथबाट प्रहरीले डाइजापाम ३४ एम्पुल, फेनेरागन ३४ एम्पुल, नुर्फिनर ३४ एम्पुल सहित १ सय २ एम्पुल लागुऔषध, २ थान मोबाइल तथा नगद १२ हजार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कुवँरलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...