प्रथम बिमल शेरचन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता फागुन २८ गते पोखरामा हुने

पोखरा । प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिता यही फागुन २८ गते पोखरामा हुने भएको छ । थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा फागुन २८ गते शुक्रबार पोखरा स्पोर्टस् र ब्याडमिन्टन क्लब सिरमुर हल मुस्ताङ चोक, पोखरामा उक्त प्रतियोगिता हुने भएको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए । प्रतियोगितामा पोखरा सहित काठमाडौं, बुटवल, बेनी, बुर्तिवाङ, मुस्ताङ लगायतबाट करिब २२ टिमको सहभागिता हुने भएको संयोजक सोल्टीले जानकारी दिएका छन् ।

प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०/१० हजारको साटमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको ग्रुपका अध्यक्ष असोक शेरचनले बताए । पोखराको ड्यामसाइडस्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यत्तित्व थकाली समुदायको हकहितमा लामो समयदेखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शेरचनले जनाएका छन् । विमलका छोरा विजय शेरचनले उक्त प्रतियोगिताको लागि ५१ हजार आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ । प्रतियोगिताको निर्देशकमा रमेश भट्टचन रहेका छन् ।

कमेन्टहरु
Loading...