मुट्ठी उचाल्दै विप्लवले भने : जुन र घामको भेट भयो

 

दिपक के श्रेष्ठ

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग ३ बुँदे शान्ति सम्झौतापछि सम्बोधन गर्ने क्रममा माहौललाई एकछिन रमाइलो बनाए ।

सरकारसँग भएको सम्झौतामा नेकपा प्रतिबद्ध हुने जनाउँदै विप्लवले नेपालको पश्चिमी भेगमा गाइने एक गीत सम्झिए । गीतमा कहिल्यैपनि जुन र घामको भेट नहुने चर्चा गरिएको थियो । सोही शब्दलाई टिप्दै उनले हाँसोमिश्रित भावमा भने ‘अहिले जुन र घामको भेट भएको छ ।’

जुन र घामको भेट हुनु असम्भव भएपनि अहिले शान्ति सम्झौता भइरहँदा त्यो सम्भव भएको उनले जनाए । सम्बोधनकैक्रममा विप्लवले युद्धको अन्त्य कम्युनिष्टले गर्ने उल्लेख गरे । ‘विश्वमा कम्युनिष्टले हतियार उठाउने प्रसंगमात्र उल्लेख गरिएको छ’ उनले भने ‘अन्यायको अन्त्यपछि कम्युनिष्टले हतियार बिसाएरै शान्ति आउँछ ।’

नेपाल राष्ट्रको हितमा सम्झौता कार्यान्वयन हुने उनको भनाई छ । यसअघि वार्ताटोलीमा सरकार पक्षका प्रतिनिधि राजन भट्टराईले ३ बुँदै सम्झौता पढेर सुनाएका थिए ।

विप्लवले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, थुनामा रहेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने र मुद्दा फिर्ताको ग्यारेन्टी गर्नुपर्ने शर्तलाइ सरकारले समर्थन गरेपछि शान्तिवार्ता सम्भव भएकाे हाे ।

कमेन्टहरु
Loading...