अर्थमन्त्री पौडेललाई लक्षित गरेर ढुंगा प्रहार, स्थानीय तथा प्रहरीबीच झडप हुँदा केही प्रहरी घाइते

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई लक्षित गरेर ढुंगा प्रहार भएको छ ।

रुपन्देहीको मोतीपुरमा बन्ने औद्योगिक करिडोरको शिलान्यास गर्न आज त्यहाँ पुगेका अर्थमन्त्री पौडेललाई लक्षित गरेर ढुंगा प्रहार भएको हो । हाल त्यहा स्थानीय बासिन्दाले नाराबाजी गर्दै तनाव सिर्जना गरेका छन् । उनीहरुले विवादित रुपमा रहेको कार्यक्रमलाई अगाडि बढाइएको भन्दै स्थानीयले ढुंगा प्रहार गरेको बताइएको छ । झडपका क्रममा केही प्रहरी घाइते भएका छन् ।

अर्थमन्त्री पौडेलले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दागर्दै ढुंगा प्रहार भएपछि यतिबेला कार्यक्रम समेत बिथोलिएको छ ।

कमेन्टहरु
Loading...