एन प्याब्सनको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सुरु

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

नेसनल प्याब्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता शनिबारसम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा बोल्दै राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढुंगा सावित हुने बताए । ‘विद्यार्थीलाई घोकन्ते शिक्षा नभई उसको क्षमताको आधार पढाई हुन जरुरी छ ।’ उनले भने, ‘विद्यार्थीसँग केही न केही क्षमता छ त्यसलाई निकालिदिने काम शिक्षकले गर्नुपर्छ ।’

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका निमित्त प्रमुख निलकण्ठ ढकालले यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई अवसर सृजना गर्ने बताए । पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले पठनपाठनमा सहयोग पु¥याउने बताए । नेसनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष याम खड्काले प्रतियोगितामा बौद्धिक क्षमता देखाउने अवसर मिल्ने बताए ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु कायस्थले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...