विप्लव समुहका नेता बास्तोला रिहा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता धमेन्द्र बास्तोला रिहा भएका छन् ।

पक्राउ परेका तथा जेलमा रहेका आफ्नो नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने माग लगायतका विभिन्न माग राखेर सरकारसंग वार्ता गरेको उक्त समुहका नेता बास्तोलालाई काभ्रे प्रहरीले आज रिहा गरेको हो ।

बास्तोलालाई आज बिहान उनकी श्रीमती हिमा तथा ज्वाईं गणेश भण्डारीको जिम्मामा रिहा गरिएको काभ्र प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । सर्वोच्च अदालतले बास्तोलालाई यस अगाडि नै रिहा गर्न आदेश दिएको थियो ।

तर उनलाई गेटबाट नै पक्राउ गरेर प्रहरीले काभ्रे पु¥याएको थियो ।

रिहा भए लगत्तै पत्रकारसंगको कुराकानीका क्रममा बास्तोलाले आफूहरुले पहिलेदेखि नै राजनीतिक समस्यालाई राजनीतिक तहबाट नै हल गर्नुपर्छ भन्दै आइरहेकोमा आफूहरु पक्राउ परेको प्रतिक्रिया दिएका छन् ।

देशका विभिन्न समस्याहरुको समाधानका लागि आफ्नो पार्टीले समेत भूमिका खेल्ने उनले दावी गरेका छन् । उनले आफ्नो पार्टी तथा सरकारबीच भएको वार्ता सफल बनाउन भूमिका खेल्ने न्यायप्रेमी, मानवअधिकार प्रेमी तथा सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...