तालबाराहीलाई प्रभुको क्युआर कोड, भक्तजनलाई भेटी चढाउन सजिलो

 

गन्थन डेस्क

प्रभु बैंक लिमिटेडले पोखराके तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई शुक्रबार क्यूआर कोड हस्तान्तरण गरेको छ ।

फेवातालको बीचमा रहेको बाराही मन्दिरमा अब भक्तजनहरूले क्युआर कोडमार्फत मन्दिरमा सजिलै भेटी दान गर्न सक्ने भएका छन् । नगद कारोवारलाई डिजिटल प्रणालीमा लैजाने उद्धेश्यले नेपाल राष्ट्र बैँकको निति बमोजिम उक्त सेवाको शुरुवात गरिएको हो ।

क्यूआर कोडबाट भुक्तानी गर्दा छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने र कारोवार गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकका प्रमुख ब्यापार केन्द्रीय अधिकृत प्रमुख शान्ति शेरचनले जानकारी दिइन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, प्रभु बैंक लिमिटेड गण्डकी प्रादेशिक प्रमुख विरेन्द्र भट्टलगायतको को उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई बिरौटा शाखा प्रबन्धक सन्तोष भण्डारीले संयोजन गरेका थिए । बैंकका हाल २ सय १३ शाखा, ५८ एक्सटेन्सन काउण्टर रहेका छन् भने करिब १६ लाख ग्राहक रहेका छन् ।

कमेन्टहरु
Loading...