प्रचण्ड–नेपालले आफैं प्रधानमन्त्री हुने मोह त्याग्नुपर्छः नेता भट्टराई

फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताएका हुन् । उनले भने, ‘एकता हुने सम्भावना जीवित छ, सबै संगठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताएका छन् । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो ।

प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने उनले बताएका छन् ।

नेता भट्टराईले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट १ लाख दिने र आउँदा बजेटबाट १० लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

कमेन्टहरु
Loading...