कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा सरकारमा सहभागिता जनाउने या नजनाउने तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा साथ दिने या नदिने भन्ने विषयमा छलफल तथा निर्णय हुने भएको छ ।

कांग्रेसको पदाधिकारी बैठक हिजो पनि बसेको थियो । तर सो बैठकले पुनःस्थापना भइसकेको प्रतिनिधिसभा बैठकलाई के–कसरी उपयोग गर्ने भन्ने विषयमा ठोस निर्णय तथा धारणा ल्याउने सकेको थिएन । पार्टी सभापति शेरबहादुर देउवाको घरमा बसेको उक्त बैठक सरकारमा सहभागिता तथा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा टुंगो लाग्न नसकेपछि स्थगित भएको थियो ।

कमेन्टहरु
Loading...