खैरेनीटार माविमा अध्ययनरत अस्मिता १२ दिनेदेखि सम्पर्कविहीन

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिएका छन् । ‘घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो ।’ उनले भने, ‘घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौं ।’

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताएका छन् । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए ।

उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्ने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनसमेत परिवारले आग्रह गरेको छ । रासस

कमेन्टहरु
Loading...