एसिडसम्बन्धी कानुनका लागि भूमिका खेलेको भन्दै अमेरिकाले मुस्कान खातुनलाई सम्मान गर्ने

काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले इन्टरनेस्नल वुमन अफ करेज (आइडब्लुओसी) अवार्डबाट सम्मान गर्ने भएको छ । अमेरिकाले खातुनलाई एसिड आक्रमणविरुद्धको कानुन निर्माण तथा सजायका लागि खेलेको भूमिकाकोक दर गर्दै प्रतिस्ठित उक्त अवार्डबाट सम्मान गर्ने भएको हो । खातुनले एसिड आक्रमण अन्त्यका लागि लक्षित विभिन्न उत्कृष्ट कार्य गरेको भन्दै उक्त पुरस्कार दिन लागेको नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएको छ ।

८ मार्चमा आयोजना हुने एउटा भर्चुअल कार्यक्रममार्फत् अमेरिकाकी प्रथम महिला जिल वाइडेन तथा विदेशमन्त्री टोनी ब्लिंकनले उक्त पुरस्कारको औपचारिक घोषणा गर्ने दुतावासले जनाएको छ ।

मुस्कानले आफूमाथि भएको दुखद घटनालाई परिर्वतनका लागि अवसरका रुपमा परिणत गरेर एसिडसम्बन्धी कडा कानुन तथा सजायको लागि लबी गरको दुतावासको भनाई छ ।

अमेरिकाले प्रायजस्तो महिला सशक्तीकरण, लैंगिक समानता, व्यक्तिगत जोखिम तथा त्याग, मानव अधिकार, असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरीका महिलालाई उक्त पुरस्कारले सम्मान गर्दै आइरहेको छ ।

योभन्दा अगाडि पाकिस्तानकी मलाला युसुफजईलाई पनि सम्मान गरिएको थियो ।

मुस्कानलाई २०७६ सालमा प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक जना किशोरले एसिड आक्रमण गरेका थिए ।

कमेन्टहरु
Loading...