आज काठमाडौंमा सार्वजनिक हुदैछन् ‘विप्लव’

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।

सरकारसंग वार्ता सफल भएसंगै आज विप्लव काठमाडौंमा सार्वजनिक हुने भएका हुन् ।

दिउँसो हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्नेछन् ।

सभागृहमा आयोजित समारोहलाई समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ ।

सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

कमेन्टहरु
Loading...