जनताभन्दा माथि कोही हुन्न : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा जनताभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरिरहेको उल्लेख गर्दै वर्तमान सरकारविरुद्ध अँध्यारामा गरिएका कुनै पनि तानावानाले जनताका आकाङ्क्षा कुन्ठित गर्न नसक्ने बताए ।

उनले वर्तमान सरकारले राज्य विभाजन गर्ने अभियानमा रहेका सिके रावत र विद्रोहका माध्यमबाट राज्यसत्ता परिवर्तन गर्ने उद्देश्य बोकेका विप्लवसमेतलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण संवैधानिक राजनीतिमा ल्याउने महत्वपूर्ण काम गरेको जनाए ।

उनले सरकारले कोरोनाविरुद्धको खोप सबै नेपालीलाई उपलब्ध गराउने स्पष्ट पार्दै भने, “सबै नेपालीलाई पुग्नेगरी ल्याउँछौँ भन्दा पत्याउँदैन्थे, अर्थमन्त्रीको हैसियतले मैले सबै नेपालीलाई पुग्ने गरी खोपका लागि बजेट व्यवस्था गरेको छु ।”

अर्थमन्त्री पौडेलले तिलोत्तमा नगरपालिकाको वडा नं ६ कुञ्जलापुरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गगर्दै रुपन्देही देशमैँ विकासको नमूनाका रुपमा विकासको मानकका रुपमा स्थापित भइरहेको बताए ।

उनले रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणका क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब यहाँ आउनुपर्ने वातावरण निर्माण गरिने बताए ।

कमेन्टहरु
Loading...