पोखरामा मेगा बैंक नेपालको क्यूआर कोड सेवा

मेगा बैंक नेपाल लिमिटेडले पोखराका विभिन्न स्थानहरुका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी क्यूआर कोड वाट भुक्तानी सेवाको शुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुवाट सामान खरीद गरी क्यूआर कोडवाट भुक्तानी गरी उक्त सेवाको शुभारम्भ गरे ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका प्रमुख निर्देशक श्री ईश्वरी प्रसाद भट्टराई, सहायक निर्देशक श्री धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख श्री ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका वजार विभाग प्रमुख श्री लेखनाथ गौतम, नायब प्रदेश प्रमुख श्री राजेन्द्र कोइरालाको उपस्थिती रहेको थियो ।

यो व्यवस्था सँगै पोखरा वजारमा उपभोक्ताहरुले आफनो मोवाईल बैकिङ्ग एप्लिकेसन मार्फत सामान खरीद गरेको रकम सजिलै भुक्तानी गर्न सक्नेछन । नगद कारोवारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई वढावा दिने नेपाल राष्ट्र बैकको निति बमोजिम उक्त सेवाको शुरुवात गरिएको हो ।

उक्त अवसरमा क्यूआर कोड वाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झट मुक्त तथा सुरक्षीत हुने, कारोवार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन वढ्दै गईरहेको बैंकका प्रदेश वजार प्रमुख लेखनाथ गौतमले वताए ।

स्थापनाकाल देखिनै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको बैंकले आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डिजिटल माध्यमवाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उदेश्यले टिक बैकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याट बड जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।

बैंकका हाल २०७ वटा शाखा, ३४ वटा एक्सटेन्सन काउण्टर, १४१ वटा एटिएम मेशिन, ८९ शाखा रहित बैकिङ्ग केन्द्रहरु तथा ३२०० भन्दा वढी मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन् । करीव १२ लाख ग्राहक रहेको यस बैंकमा अनलाईनमार्फत कारोवार गर्ने करिव ७ लाख ग्राहकहरुले कुनै न कुनै डिजिटल माध्यमवाट कारोवार गर्ने गरेका छन् ।

कमेन्टहरु
Loading...