नेपालमा थप १ सय ७ जनालाई कोरोना

पोखरा । नेपालमा थप १ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ३७ जना महिला तथा ७० जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ । हाल नेपालमा ७ सय ९५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छैनन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० रहेको छ ।

कमेन्टहरु
Loading...