मधेसमा मलाई रोक लगाएपनि पानीलाई रोक नलगाउनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश विरोधीको आरोप लगाउँदै मधेसमा पस्न रोक लगाए पनि पानी पस्न भने रोन नलगाउन आग्रह गरेका छन् । आज सुनकोशी मरिन डाइभर्सन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेसलाई हराभरा बनाउने आफूको योजना रहेको बताउँदै मधेस प्रवेशमा आफूलाई रोक लगाए पनि पानी पस्नबाट रोक नलगाउन आग्रह गरेका हुन् । मधेसको सुख्खापनको समस्यालाई समाधान गर्ने आफ्नो योजना गरेको प्रधानमन्त्री ओलीको दावी थियो । केही व्यक्तिले आफूलाई मधेषस विरोधी भन्ने आरोप लगाएर मधेसमा पस्न नदिने भन्दै हिंडेको उनले आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...