एकताका लागि ओली तथा प्रचण्ड–नेपालका दोस्रो तहका नेतालाई दवाव दिन्छुः गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष बामदेव गौतमले आफ्नो एकता अभियानलाई जारी राख्ने बताएका छन् । आज कोरोना भाइरसविरुद्धको खोप लगाउन बानेश्वरको निजामति अस्पताल पुगका उपाध्यक्ष गौतमले पत्रकारसंग कुराकानी गर्दै नेकपा ओली तथा प्रचण्ड–नेपाल, दुवै पक्षका दोस्रो तह र पार्टी एकता जोगाउन चाहनेहरुसंग मिलेर एकता अभियानलाई निरन्तरता दिने बताएका हुन् ।

औपचारिक रुपमा फुट्न बाँकी नेकपालाई फुटकोबाट जोगाउन नेकपा ओली तथा प्रचण्ड–नेपाल समुहका दोस्रो तहका नेताहरुलाई आफूले दवाव दिने उनले बताएका छन् । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था ल्याउने उनले चेतावनी दिएका छन् ।

मुलुकका विभिन्न स्थानमा ओली तथा प्रचण्ड–नेपाल पक्षले आयोजना गर्ने भेला, सभा तथा कार्यक्रममा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा अर्का समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई विरोधमात्र गर्ने उनले बताए ।

हालको दुवै जनाको परिस्थितिलाई नियाल्दा दुवै जना अध्यक्ष एकताको पक्षमा नजाने भन्ने स्थितिमा रहेको तर आफूले दोस्रो तहका नेताहरुलाई सहमतिमा ल्याउने प्रयास जारी राखेको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...