सरकार तथा विप्लवबीच भएको सहमति सकारात्मकः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकार तथा नेत्रविक्रम चन्द विप्लवबीच भएको ३ बुंदे सहमतिलाई सकारात्मक भएको प्रतिक्रिया दिएको छ । आज पार्टी अध्यक्ष कमल थापाले उक्त समुह तथा नेपाल सरकारबीच भएको सहमतिलाई स्वागतयोग्य भएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपाल सरकार तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच भएको सहमति सकारात्मक भएको तथा राजनीतिक समस्याको समाधान शान्तिपूर्ण ढंगले गरिने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

कमेन्टहरु
Loading...