पोखरा । ठकुरी संगम परिवार कास्कीको अध्यक्षमा शेर बहादुर उच्चै निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शेरबहादुर उच्चै अध्यक्ष पुर्णवती शाही द्वित्तीय उपाध्यक्ष र सचिवमा कृष्णबहादुर चन्द निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष यामबहादुर हमाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ईश्वर हमालले निर्वाचन प्रजातान्त्रिक पद्धति भएकोले जसले जिते पनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेर सबै मिलि अघि बढ्न सुझाव दिएका छन् ।