काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा तथा सरकारबीच ३ बुंदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने तथा पार्टीलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सम्पूर्ण बन्दीको रिहाई सहित उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने लगायतका विषयमा हस्ताक्षर भएको हो ।
यस्तै फागुन २१ गते उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने भएका छन् ।
दुवै समुहको वार्ता टोलीद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जनाइए अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र उक्त समुहका महासचिव विप्लवले एउटै कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।
सरकारको तर्फबाट वार्ता टोली सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सहलाहकार राजन भट्टराईका अनुसार सोही समारोहमा सहमतिको विस्तृत विवरण समेत सार्वजनिक गरिने छ ।