कांग्रेसलाई पदको लोभ छैन, तर प्रधानमन्त्री पदको जिम्मेवारी पाए छोड्दिनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पदको जिम्मेवारी पाएको खण्डमा पछाडि नहट्ने बताएका छन् । आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै का.ग्रेस सभापति देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी पाएको खण्डमा नछोड्ने तर नेपाल कम्युनिस्ट पार्टी नेकपा आधिकारिक रुपमा नै फुट्नुपर्ने धारणा व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेस नेतृत्व पाएको खण्डमा सरकारमा जान्छ, तर त्यसका लागि नेकपा कम्युनिस्ट पार्टी नेकपा फुट्नुप¥यो ।’ उनले कार्यक्रममा भनेका छन् ।

प्रस्ताव आए नछोड्ने र नभाग्ने तर आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदको लोभ नभएको सभापति देउवाको दावी रहेको थियो । उनले आफूले प्रधानमन्त्रीको पद नमागेको पनि स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...