गन्थन डेस्क
नेकपा (दाहाल–नेपाल)को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ७ लाई छ महिना निष्काशन गरेको निर्णय गरेको छ ।
जसमध्ये प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेता, सुवास नेम्बाङलाई उपनेता र सचेतकबाट शान्ता चौधरीलाई निष्काशन गरेको बताएको छ । दाहाल–नेपालको समूहले उक्त निर्णय गरेपछि नेतृ चौधरीले तुरुन्त फेसबुकमार्फत प्रतिक्रिया दिएकी छिन् ।
फेसबुक स्टाटसमा चौधरीले ‘हामी हाम्रो घरमा शानदाररुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्’ लेखेकी छिन् ।
त्यस्तै, दाहाल–नेपाल समूहको बैठकले महेश बस्नेत, प्रभु शाह, सूर्य थापा र कर्ण थापालाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको जनाएको छ ।