प्रचण्ड–नेपाल पक्षद्वारा नेम्वाङ स्थायी समितिबाट निलम्बन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा सो पक्षको बैठक बसेको थियो ।

सोही बैठकबाट नै नेता नेम्वाङलाई स्थायी समितिको सदस्यबाट निलम्बन गरेको हो । प्रचण्ड–नेपाल पक्षले नेता नेम्वाङलाई पार्टीको संसदीय दलको उपनेताबाट आगामी ३ दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ ।

कमेन्टहरु
Loading...